त्रिविद्वारा शैक्षिक क्यालेण्डर प्रकाशित, स्नातक तह पहिलो वर्षको परीक्षा भदौमा

त्रिविद्वारा शैक्षिक क्यालेण्डर प्रकाशित, स्नातक तह पहिलो वर्षको परीक्षा भदौमा

शुक्रवार, माघ ५ २०८०
शुक्रवार, माघ ५ २०८०
  • त्रिविद्वारा शैक्षिक क्यालेण्डर प्रकाशित, स्नातक तह पहिलो वर्षको परीक्षा भदौमा

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेन्डर प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार तथा समन्वय परिषद्को बुधबार ३ गते बसेको बैठकले शैक्षिक क्यालेण्डर प्रकाशित गर्ने निर्णय गरेको थियो । 

    त्रिभुवन विश्वविद्यालय अर्न्तगत संचालित वार्षिक तथा सेमेस्टर प्रणाली अन्तर्गत स्नातक तह र सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहको शैक्षिक क्यालेन्डर २०८० कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही आधारमा परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक क्यालेन्डर प्रकाशित गरेको हो। 

    पनिकाका अनुसार भर्ना र परीक्षाको प्रकृति भिन्न भएका अध्ययन संस्थान अर्न्तगत संचालित बार्षिक तथा सेमेष्टर प्रणालीका शैक्षिक क्यालेण्डर सम्बन्धित डीन कार्यालयको वेबसाइटमा हेर्न सकिने छ ।

    शैक्षिक क्यालेण्डर अनुसार स्नातक तहको प्रथम वर्षको परीक्षा २०८१ साल भदौ दोस्रो हप्ता हुनेछ । सेमेस्टर प्रणाली अन्तर्गतको स्नातक तहको पहिलो सेमेष्टरको परीक्षा २०८१ बैशाखमा हुनेछ भने स्नातकोत्तर तहको पहिलो सेमेस्टरको परीक्षा २०८१ असारमा हुनेछ । 

    13.jpg

    14.jpg

    15.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij