त्रिविका सबै शैक्षिक प्रमाणपत्र माघ १५ देखि अनलाइनबाटै

त्रिविका सबै शैक्षिक प्रमाणपत्र माघ १५ देखि अनलाइनबाटै

बिहिवार, माघ ४ २०८०
बिहिवार, माघ ४ २०८०
  • त्रिविका सबै शैक्षिक प्रमाणपत्र माघ १५ देखि अनलाइनबाटै
    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट जारी हुने जुुनसुुकै शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय  पुग्नु नपर्ने भएको छ । पनिकाले यही माघ १५ गतेदेखि सबै शैक्षिक प्रमाणपत्रको काम अनलाइनमार्फत गर्न लागेको हो । नयाँ व्यवस्था संगै बिद्यार्थीले अव पनिकाका क्षेत्रीय कार्यालयबाट समेत त्यस्ता प्रमाणपत्र पाउँने भएका छन् । 
     
    परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार, माघ १५ गतेदेखि विद्यार्थीले ट्रान्सक्रिष्ट, प्रोविजन सर्टिफिकेट, पुनर्योग, कुनै पनि प्रमाणपत्रको प्रतिलिपि तथा सच्चाउनुपर्नेजस्ता काम अनलाइनबाट गर्न थालिने छ । अब विद्यार्थीले कुनै पनि शैक्षिक प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत फाराम भरेर शुल्क पनि इ–पेमेन्टबाट तिर्न सक्छन् ।
     
    नियन्त्रक जोशीले भने, “हामीले सम्बन्धित पनिकाका क्षेत्रीय कार्यालयमा विद्यार्थीका शैक्षिक प्रमाणपत्र एक हप्ताभित्र पठाउने गर्दछौँ ।” नियन्त्रक जोशीका अनुसार अहिले शैक्षिक प्रमाणपत्र क्षेत्रीय कार्यालयमा पठाउने र वैशाखदेखि विद्यार्थी पढेको क्याम्पसमै पाँच दिनमा पाउने गरी पठाइनेछ ।
     
    पनिकामा दैनिक हाल दैनिक एक हजारदेखि दुई हजार विद्यार्थी शैक्षिक प्रमाणपत्रका लागि आउने गर्दछन् । विद्यार्थीले पनिकाको वेबसाइटमा गएर अनलाइन फाराम भर्न सक्छन् । अनलाइन सेवा सञ्चालन गर्न कर्मचारीलाई तालिम दिई तयार पारिसकिएको बताइएको छ । विराटनगर, पोखरा, नेपालगञ्ज र अत्तरियामा त्रिविका क्षेत्रीय कार्यालय छन् । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij