बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन

बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन

सोमवार, बैशाख २४ २०८१
सोमवार, बैशाख २४ २०८१
  • बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन

    कलैया । बारामा यसवर्ष दस हजार मेट्रिकटन दलहन उत्पादन भएका छ । कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले यसवर्ष किसानले विभिन्न प्रकारका दलहन खेतीगरी रु १० अर्ब बराबरको कूल १० हजार ३ सय ५ मेट्रिकटन दलहन उत्पादन गरेका जानकारी दिए । 

    उत्पादित दलहनको  प्रतिक्विन्टल  १० हजारको दरले बिक्रिवितरण भइरहेको र यसवर्ष यहाँका किसानले रु १० अर्ब ३० करोड ५० लाखभन्दा बढी आम्दानी गरेका उनले बताए ।
     
    जिल्लमा मसुरो, रहर कुल ११ हजार ४ सय ५० हक्टरक्षेत्रफलमा खेती गरिएकामा   १० हजार ३ सय ५ मेट्रिकटन  उत्पादन भएको कृषिप्रचार अधिकृत रामजीवन ठाकुरले जानकारी दिए। गतवर्ष भने ११ हजार ६ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरिएकामा ११ हजार ६९ मेट्रिकटन दलहन उत्पादन भएको ज्ञानकेन्द्रले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij