काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य स्थिर छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार पनि सुनको मूल्य सोही रुपैयाँमा कायम भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कायम भएको छ भने आइतबार चाँदीको मूल्य प्रतितोला १ लाख ६ सय ४० रुपैयाँ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।