तोलामा ११ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ आजको कारोबार ?

तोलामा ११ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ आजको कारोबार ?

शुक्रवार, बैशाख २१ २०८१
शुक्रवार, बैशाख २१ २०८१
  • तोलामा  ११ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ आजको कारोबार ?
    काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार चार सय निर्धारण भएको छ । 
     
    यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३५ हजार आठ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार सात सय ५० निर्धारण भएको छ । चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । बिहीबार जस्तै आजका लागि भने चाँदीको मूल्य तोलामा रु एक हजार छ सय ४५ निर्धारण भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij