२ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, तोलामा कति ?

२ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, तोलामा कति ?

बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, तोलामा कति ?

    काठमाडौं । सुनचाँदी बजारमा आज छापावाला सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ । विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बुधबार प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार रुपैयाँले बढेर १ लाख ३६ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ८ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको १ हजार ६ सय ४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij