काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मूल्य घटेको छ । विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार ५ सय रुपैयाँमा कायम भएको छ । बुधबार पनि १ हजार २ सय रुपैयाँले घटेको थियो ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ९ सय ५० रुपैयाँमा कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कायम भएको छ ।