काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ ।
आइतबार प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ६ सय ६५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।