नेपालमा पनि ग्रीन हाइड्रोजन उत्पादन र प्रयोगको लागि बाटो खुल्यो

नेपालमा पनि ग्रीन हाइड्रोजन उत्पादन र प्रयोगको लागि बाटो खुल्यो

बिहिवार, माघ ४ २०८०
बिहिवार, माघ ४ २०८०
  • नेपालमा पनि ग्रीन हाइड्रोजन उत्पादन र प्रयोगको लागि बाटो खुल्यो

    काठमाडौं । नेपालमा ग्रीन हाइड्रोजन उत्पादन र प्रयोग गर्न पाइने भएको छ। बुधबार बसेको मन्त्रिपरिष बैठकले ग्रीन हाइड्रोजन उत्पादन र प्रयोग गर्न पाउने नीति पारित गरेपछि त्यस्तो व्यवस्था भएको हो। सो नीति सरकारले पारित गरेसँगै ग्रीन हाइड्रोजन उत्पादन र प्रयोगको लागि बाटो खुलेको हो । 

    विश्वमा आधुनिक हरित ऊर्जाको रुपमा विकास भइरहेको ‘ग्रीन हाइड्रोजन’ लाई नेपालमा पनि प्रयोगमा ल्याउने गरि २०७८ मंसिरदेखि नै यसको नीति निर्माणको प्रक्रिया अघि बढाइएको थियो। पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री हुँदा ग्रीन हाइड्रोजन उत्पादन र प्रयोगका लागि आवश्यक नीति निर्माण गर्न जल तथा ऊर्जा आयोगलाई निर्देशन दिएकी थिइन्।

    त्यसपछि ऊर्जा आयोगका सचिव मणिराम गेलालले आयोगकै सहसचिव शिशिर कोइरालाको नेतृत्वमा समन्वय समिति गठन गरेका थिए। समितिमा ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत, विद्युत विकास विभागका उप–महानिर्देशक जिवछ मण्डल, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका नायव कार्यकारी निर्देशक नवराज ढकाल, त्रिभुवन विश्व विद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्रध्यापक डा.भोलानाथ शर्मा घिमिरे र काठमाडौं विश्व विद्यालयका उप९प्रध्यापक डा. विराजसिंह थापा सदस्य रहेका थिए।

    सरकारले आज नीति पारित गरेपछि आधिकारिक रुपमै नेपालमा ग्रीन हाइड्रोजन उत्पादन र प्रयोग गर्न पाइने भएको छ । अहिलेसम्म नीति नबनेकाले पाइलट प्रोजेक्टका रुपमा काठमाडौ विश्वविद्यालयले प्रयोगशाला बनाएर हाइड्रोजन उत्पादन गरिरहेको थियो। यो निती पास भएसंगै विश्वविद्यालयले ल्याएको हाइड्रोजन गाडी चलाउँने बाटो खुलेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij