१४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

१४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

शुक्रवार, बैशाख १४ २०८१
शुक्रवार, बैशाख १४ २०८१
  • १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    विहीबार प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कायम भएको सुुनको मूल्य आज १ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ७५ रुपैयाँमा कायम भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij