काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख ३५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
बुधबार प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ६ सय ५५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।