चैतसम्ममा नेपाल भित्रिए साढे १७ अर्बको विद्युतीय गाडी

चैतसम्ममा नेपाल भित्रिए साढे १७ अर्बको विद्युतीय गाडी

सोमवार, बैशाख १० २०८१
सोमवार, बैशाख १० २०८१
  • चैतसम्ममा नेपाल भित्रिए साढे १७ अर्बको विद्युतीय गाडी

    काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को पहिलो ९ महिनामा साढे १७ अर्बको विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको आयात निर्यातको विवरण अनुसार चालु आर्थिक वर्षको चैतसम्ममा ७ हजार ७२ वटा ईभि गाडी भित्रिएका हुन् । 

    चालु आर्थिक वर्षको ९ महिनामा ७ हजार ९३ विद्युतीय गाडी आयात गरिएको छ । यी गाडीहरूको आयात मूल्य १७ अर्ब ४९ करोड ४९ लाख ६९ हजार (करिब साढे १७ अर्ब) रुपैयाँ छ । यो अवधिमा आयातित विद्युतीय गाडीहरूबाट सरकारले सात अर्ब ७८ करोड २१ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

    फागुन मसान्तसम्म नेपालमा ६ हजार ४३५ विद्युतीय गाडी भित्र्याइएको थियो । चैत मसान्तसम्म एक महिनाको अवधिमा ६५८ ईभी नेपाल भित्र्याइएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij