राष्ट्र बैंकले ५ रुपैयाँ दरका ३५ करोड नोट छाप्दै, अन्तर्राष्ट्रिय टेण्डर आह्वान

राष्ट्र बैंकले ५ रुपैयाँ दरका ३५ करोड नोट छाप्दै, अन्तर्राष्ट्रिय टेण्डर आह्वान

सोमवार, बैशाख १० २०८१
सोमवार, बैशाख १० २०८१
  • राष्ट्र बैंकले ५ रुपैयाँ दरका ३५ करोड नोट छाप्दै, अन्तर्राष्ट्रिय टेण्डर आह्वान

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँको नोट छाप्नको लागि टेण्डर आह्वान गरेको छ । बैंकले ५ हजार रुपैयाँ दरको ३५० मिलियन वटा अर्थात् ३५ करोड वटा नोट छाप्न टेण्डर आह्वान गरेको हो  ।

    राष्ट्र बैंकको मुद्रा ब्यबस्थापन विभागले नोट छाप्न योग्य भेन्डरहरुका लागि अन्तराष्ट्रिय टेण्डर आह्वान गरेको हो  । राष्ट्र बैंकले २०२४ जुन ३ तारिखको दिउँसो १२ बजे भित्र प्रस्ताव पेश गर्न आह्वान गरेको छ । प्रस्ताव पेश गर्दा २ करोड १० लाख धरौटी राख्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

    बोलपत्र कागजातका लागि नेपाली २० हजार, १५० अमेरिकी डलर, युरो १४० वा १२० पाउण्ड स्टर्लिङ लाग्ने केन्द्रीय बैंकले जनाएको छ । यस टेण्डरमा १० वटा कम्पनीले मात्र सहभागिता जनाउन सक्ने छन्  । राष्ट्र बैंकले नोट छाप्नको लागि निवेदन पेश गरेका मध्ये १० वटा कम्पनी मात्र योग्य रहेको भन्दै ति कम्पनीको सूची यस अघि नै सार्वजनिक गरेको थियो  । 

    अब नोट छाप्नको लागि ति १० कम्पनीले मात्र टेण्डर प्रक्रियामा सहभागी हुन पाउने छन्  । सबै भन्दा कम मूल्य कबुल गर्नेलाई राष्ट्र बैंकले नोट छाप्ने ठेक्का दिने छ  ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij