चैतसम्ममा आयात र निर्यात दुवै घट्यो

चैतसम्ममा आयात र निर्यात दुवै घट्यो

आइतवार, बैशाख ९ २०८१
आइतवार, बैशाख ९ २०८१
  • चैतसम्ममा आयात र निर्यात दुवै घट्यो

    काठमाडौं । चालु आर्थिक बर्षको २०८०/८१ को चैतसम्ममा आयात र निर्यात दुवै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार चैतमा ११ खर्ब ६७ अर्ब रुपैयाँ आयात भएको छ भने १ खर्ब १३ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ । 

    भन्सार भिागले सार्वजनिक गरेको विवरण अनुसार आयात २.८४ प्रतिशत र निर्यात ३.६६ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको सोही अवधिमा १२ खर्ब १ अर्ब रुपैयाँ भएको थियो भने १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो । 

    आयात र निर्यातसँगै व्यापार घाटामा समेत गिरावट आएको छ । विभागका अनुसार व्यापार घाटा २.७५ प्रतिशतले घटेको छ । चालु आर्थिक बर्ष २०८०/८१ को चैतमा १० खर्ब ५३ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको छ भने गत बर्षको सोही अवधिमा १० खर्ब ८३ अर्ब रुपैयाँ व्यापार घाटा भएको थियो । 

    यस अवधिमा आयात निर्यात अनुपात ०.८४ प्रतिशतले बढेको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij