पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

    काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले मूल्य वृद्धि भएको छ ।  मङ्गलबार बिहानदेखि कायम हुने गरी पेट्रोलियम पदार्थ र डिजेलको मूल्यमा वृद्धि भएको हो । 

    नेपाल आयल निगम लिमिटेडले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोलियम पदार्थकोप्रति लिटर दुई रुपैया ९६ पैसा र डिजेलको प्रतिलिटर तीन रुपैया ४६ पैसा मूल्य बढेको हो । 

    नयाँ खुद्रा मूल्यअनुसार पेट्रोलप्रति लिटर रुपैयाँ १ सय ७८, डिजेल र मट्टितेल प्रतिलिटर रुपैयाँ एक सय ६१ पुगेको छ । पहिलो वर्गअन्र्तगतको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँ ५० पैसा तोकिएको छ ।

     यस्तै दोस्रो वर्ग अन्र्तगतको सुर्खेत र दाङ्का लागि एक सय ७७ रुपैयाँ मूल्य रहेको छ भने तेस्रो वर्गअन्र्तगतको काठमाडौँ, पोखरा र दिपायलका लागि  पेट्रोलको मूल्य १ सय ६१ रुपैयाँ कायम गरिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij