पर्यटन बोर्डको उपाध्यक्षमा सापकोटा नियुक्त

पर्यटन बोर्डको उपाध्यक्षमा सापकोटा नियुक्त

सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • पर्यटन बोर्डको उपाध्यक्षमा सापकोटा नियुक्त

    काठमाडौं । नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा (कमल) नियुक्त भएका छन् । माघ २२ गते चन्द्रप्रसाद रिजालको तीन वर्ष कार्यकाल सकिएपछि रिक्त रहेको उक्त पदमा सापकोटा नियुक्त भएका हुन् । 

    नवनियुक्त उपाध्यक्ष सापकोटा धादिङ नीलकण्ठ नगरपालिका ज्यामरुङका हुन् भने उनी लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय छन् । 

    फ्रान्सको वर्ल्ड युनिभर्सिटीबाट मानार्थ विद्यावारिधि पाएका सापकोटा ‘साउथ एसियन यूथ टुरिजम अवार्ड २०१९’, ‘सूर्य नेपाल आशा सामाजिक उद्यमशीलता अवार्ड २०११’ तथा ‘अन्तर्राष्ट्रिय सस्टेनेबल टुरिजम इन्सपाइरिङ स्टोरी कम्पिटीसन २०१३’ अवार्ड, टुरिजम म्यान अफ दि इयर अवार्डजस्ता दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड, सम्मान तथा पुरस्कारहरू प्राप्त गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij