काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७ सय रुपैयाँले बढेर १ लाख ३७ हजार ५ सय रुपैयाँमा कायम भएका महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ३६ हजार ८ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूलय प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।