काठमाडौं । सुनचाँदीको मूल्य आज २२ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ हजार २ सय रुपैयाँले घटेर १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३६ हजार १ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ७ सय रुपैयाँ कायम गरिएको महा