आज तराईमा हुस्सु, पहाडमा वर्षा र हिमपातको सम्भावना

आज तराईमा हुस्सु, पहाडमा वर्षा र हिमपातको सम्भावना

मंगलवार, माघ २ २०८०
मंगलवार, माघ २ २०८०
  • आज तराईमा हुस्सु, पहाडमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । आज तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । पहाडी भू–भागमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका अलवा  बंगलादेशको दक्षिण भू–भाग आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको विभागले जनाएको छ । सोहि कारण केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको बिभागको भनाई छ ।
    विभागका अनुसार, दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानमा  हल्का हिमपातको सम्भावना छ । विभागका अनुसार कोसी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij