भक्तपुर राष्ट्रपति रनिङ्गशील प्रतियोगिता पुस २७ गतेदेखि

भक्तपुर राष्ट्रपति रनिङ्गशील प्रतियोगिता पुस २७ गतेदेखि

मंगलवार, पौष १७ २०८०
मंगलवार, पौष १७ २०८०
  • भक्तपुर राष्ट्रपति रनिङ्गशील प्रतियोगिता पुस २७ गतेदेखि

    भक्तपुर । भक्तपुर राष्ट्रपति रनिङ्गशील प्रतियोगिता पुस २७ गतेदेखि हुने भएको छ । मंगलबार जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर थापाको प्रमुख अतिथ्यतामा बसेको बैठकले सो निर्णय गरेको हो ।


    १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशील प्रतियोगिता तीन दिनसम्म संचालन हुने भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले जानकारी दिए । प्रतियोगीतामा भलिबल, एथलेटिक्स, तेक्वान्डो, उसु ,कराते, कबड्डीलगायतका विभिन्न खेल हुने थापाको भनाई छ । 


    बैठकमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, चाँगुनारायण नगरपालिका शिक्षा शाखा प्रमुख वीर बहादुर खड्का, सूर्यविनायक नगरपालिका, भक्तपुर, मध्यपुरका शिक्षा शाखाका प्रतिनिधिहरू, भलिबल, एथलेटिक्स, तेक्वान्डो, उसु ,कराते, कबड्डीसंघका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो । भक्तपुरका चार वटै नगरपालिकाले यसअघि नै नगरस्तरीय राष्ट्रपति रनिङ्गशील प्रतियोगिता सम्पन्न गरिसकेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij