काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज बिहानदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मुल्य १–१ रुपैयाँले मूल्य घटाएको हो । अब पेट्रोलको मूल्य काठमाडौ उपत्यकामा १६६ रुपैयाँ, डिजेल र मट्टितेलको मुल्य १५६ रुपैयाँ भएको छ ।
भारतीय आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमका प्रबक्ता मनोज ठाकुरका अनुसार भारतबाट पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ २६ पैसा र डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर ८३ पैसा घटेर आएपछि मुल्य समायोजन गरिएको हो ।