काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ । उम्मेदवारी दर्तापछि केन्द्रीय निर्वाचन समितिले विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।
कांग्रेसमा एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री, १५ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी २४ जना पदाधिकारी रहने व्यवस्था छ । त्यसमध्ये चार सहमहामन्त्री र कोषाध्यक्ष सभापतिले मनोनीत गर्ने भएकाले १९ पदाधिकारीका लागि निर्वाचन हुनेछ ।
निर्वाचन समितिका अनुसार १९ पदाधिकारीका लागि ३२ जनाले उम्मेदवारी दिएका छन् । सभापति पदमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापतिको महिला क्लस्टरतर्फ पुष्पा भुसालको मात्रै उम्मेदवारी परेको छ । त्यसैले यी दुवै पदमा उनीहरू निर्विरोध भएका छन् ।
प्रारम्भिक नामावलीमाथि दाबी–विरोधका लागि आज बिहान १० बजेदेखि १२ बजेसम्मको समय तोकिएको छ । दाबी–विरोधको प्रक्रिया सकिएपछि निर्वाचन समितिले अन्तिम उम्मेदवारको नामावली सार्वजनिक गर्ने जनाएको छ ।
सभापतिसहित उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यका विभिन्न पदमा भने प्रतिस्पर्धा हुने भएको छ ।
कुन पदमा को–को ?
सभापति
-
गगनकुमार थापा
-
किशोरसिंह राठौर
-
श्यामकृष्ण खड्गी
वरिष्ठ उपसभापति
-
विश्वप्रकाश शर्मा
उपसभापति — खुला
-
डा. चन्द्रमोहन यादव
-
सुरेन्द्रराज पाण्डे
-
डा. मिनेन्द्र रिजाल
-
गोविन्द भट्टराई
-
देवराज चालिसे
-
मधुप्रसाद आचार्य
-
धनराज गुरुङ
-
दीपक गिरी
-
डा. चन्द्र भण्डारी
उपसभापति — समावेशी
-
विनोद चौधरी
-
फरमुल्लाह मन्सुर
-
जीवन परियार
-
रञ्जित कर्ण
-
सीता गुरुङ
उपसभापति — महिला
-
पुष्पा भुसाल
महामन्त्री — खुला
-
शंकर तिवारी
-
सुनिल शर्मा
-
नैनसिंह महर
-
प्रदीप पौडेल
-
गुरुराज घिमिरे
-
अमरसिंह पुन
-
उदयशमशेर राणा
-
डा. सन्तोष उपाध्याय
महामन्त्री — महिला
-
डा. डिला संग्रौला
-
महालक्ष्मी उपाध्याय ‘डिना’
-
रिता खनाल
सहमहामन्त्री — महिला
-
नानु बास्तोला
-
प्रतिमा गौतम
सहमहामन्त्री — खुला
-
देवेन्द्रराज कँडेल
-
रामहरि खतिवडा
-
डिल्लीराम सुवेदी
-
रमेश धमला
सहमहामन्त्री — पिछडिएको क्षेत्र
-
जीवनबहादुर शाही
-
मीन भाम
-
कर्णबहादुर बुढा
सहमहामन्त्री — खसआर्य
-
मनोजमणि आचार्य
-
अजयबाबु शिवाकोटी
-
जगदिश्वरनरसिंह केसी
-
दिनेश कोइराला
-
शुभराम बस्नेत
सहमहामन्त्री — आदिवासी जनजाति
-
बहादुरसिंह लामा
-
तारामान गुरुङ
सहमहामन्त्री — थारु
-
तेजुलाल चौधरी
-
योगेन्द्र चौधरी
सहमहामन्त्री — अल्पसंख्यक
-
आङ्गेलु शेर्पा
सहमहामन्त्री — मुस्लिम
-
अब्दुल सत्तार
-
अतहर कमाल मुसलमान
सहमहामन्त्री — मधेसी
-
अभिषेकप्रताप शाह
-
रामपल्टन साह
सहमहामन्त्री — दलित
-
लक्ष्मी परियार
-
प्रकाश रसाइली ‘स्नेही’
-
मानबहादुर नेपाली
-
नरेन्द्र पासवान
निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक नामावलीमाथि दाबी–विरोधका लागि आज बिहान १० बजेदेखि १२ बजेसम्मको समय तोकेको छ । दाबी–विरोधको प्रक्रिया पूरा भएपछि अन्तिम नामावली सार्वजनिक गरिने समितिले जनाएको छ ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको मात्रै उम्मेदवारी परेकाले दुवै पदमा उनीहरू निर्विरोध भएका छन् । सभापतिसहित खुला तथा समावेशी उपसभापति, महामन्त्री र विभिन्न क्लस्टरका सहमहामन्त्री पदमा भने प्रतिस्पर्धा हुने भएको छ ।