देशभर मौसम बदली, यी क्षेत्रमा वर्षा र हिमपातको पूर्वानुमान

देशभर मौसम बदली, यी क्षेत्रमा वर्षा र हिमपातको पूर्वानुमान

शनिवार, आश्विन १७ २०८३
शनिवार, आश्विन १७ २०८३
  • देशभर मौसम बदली, यी क्षेत्रमा वर्षा र हिमपातको पूर्वानुमान

    काठमाडौं । देशमा मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले हाल हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

    कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । यस्तै, कोशी, मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हुस्सु लागेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा पनि आंशिक बादल लाग्नेछ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ ।

    यस्तै, मधेससहित कोशी र बागमती प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

    आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागसहित तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ ।

    तराई क्षेत्रमा बिहानीपख हुस्सु लाग्ने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा राति हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij