टिपरको ठक्करबाट एक महिलाको मृत्यु, पाँच जना घाइते

टिपरको ठक्करबाट एक महिलाको मृत्यु, पाँच जना घाइते

शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • टिपरको ठक्करबाट एक महिलाको मृत्यु, पाँच जना घाइते

    काठमाडौं । धनुषाबाट पूर्वतर्फ जाँदै गरेको टिपरले सिरहाको गोलबजार नगरपालिका–४ मा इभीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार बिहान करिब ७ बजेतिर म.प्र. ०३–००२ ख ३९९६ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको म.प्र. इ १–००१ ज ०१२४ नम्बरको इभीलाई ठक्कर दिएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएकी गोलबजार नगरपालिका–४ निवासी ४५ वर्षीया पत्नी शोभाकुमारी यादवको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी ३२ वर्षीया छोरी प्रियङ्का कुमारी यादवलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल लगिएको छ ।

    दुर्घटनामा इभी चालक धनगढीमाई नगरपालिका–२ निवासी मञ्जुर खान, गोलबजार–४ की ३५ वर्षीया पत्नी संगीता देवी मण्डल, ५० वर्षीया पत्नी फूलकुमारी याद, २२ वर्षीया छोरी प्रियङ्का कुमारी यादव र गोलबजार–६ निवासी सत्यनारायण महतोकी ४५ वर्षीया पत्नी ललिता देवी महतो घाइते हुनुभएको छ । 

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij