सीटीईभीटीको सदस्य सचिवमा तनहुँका प्रमोदभक्त आचार्य

सीटीईभीटीको सदस्य सचिवमा तनहुँका प्रमोदभक्त आचार्य

शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • सीटीईभीटीको सदस्य सचिवमा तनहुँका प्रमोदभक्त आचार्य

    काठमाडाैं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को सदस्य सचिवमा तनहुँका प्रमोदभक्त आचार्य नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट आचार्यलाई परिषद्को सदस्य सचिवको जिम्मेवारी दिइएको हो । 

    तनहुँको भानु नगरपालिका–४, चुँदीमा जन्मिएका आचार्य लामो समयदेखि सीटीईभीटीमा कार्यरत छन् । परिषद्का विभिन्न शाखा तथा महाशाखामा जिम्मेवारी सम्हाल्दै आएका आचार्य प्रशासनिक तथा प्राविधिक शिक्षा व्यवस्थापनको क्षेत्रमा अनुभव हासिल गरेका अधिकारी हुन् । उनी यसअघि सीटीईभीटीका सहसचिवका रूपमा कार्यरत थिए ।

    आचार्यले सीटीईभीटी गण्डकी प्रदेश कार्यालयको निर्देशकको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । परिषद्को सांगठनिक व्यवस्थापन, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सञ्चालन र संस्थागत कार्यसम्पादनका क्षेत्रमा उनको अनुभव रहेको छ ।

    सीटीईभीटीले प्राविधिक तथा व्यावसायिक शिक्षा र सीपमूलक तालिममार्फत दक्ष जनशक्ति उत्पादनमा काम गर्दै आएको छ । नयाँ जिम्मेवारीसँगै आचार्यले प्राविधिक शिक्षाको गुणस्तर सुधार, सीपयुक्त जनशक्ति उत्पादन तथा तालिमलाई रोजगारीसँग जोड्ने क्षेत्रमा भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij