आज ६ प्रदेशमा वर्षाको सम्भावना, पहाडी क्षेत्रमा बदली

आज ६ प्रदेशमा वर्षाको सम्भावना, पहाडी क्षेत्रमा बदली

शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • आज ६ प्रदेशमा वर्षाको सम्भावना, पहाडी क्षेत्रमा बदली

    काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली रहेको छ । बागमती प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागसहित देशका अधिकांश तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ ।

    कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ । त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

    आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीसँगै बिहानीपख हुस्सु लाग्ने सम्भावना छ ।

    रातिको समयमा कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij