काठमाडौं । सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले शुक्रबार राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । निर्णयअनुसार अधिवेशन अन्त्यका लागि राष्ट्रपति कार्यालयमा सिफारिसपत्र पठाइएको छ ।
संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन अन्त्य गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार सरकारले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
संघीय संसद्को चालु अधिवेशन २०८३ वैशाख २८ गतेदेखि सुरु भएको थियो ।