बेपत्ता महिलाको शव भेटिएसँगै बागलुङमा मृतकको संख्या १३ पुग्यो

बेपत्ता महिलाको शव भेटिएसँगै बागलुङमा मृतकको संख्या १३ पुग्यो

बिहिवार, आश्विन १५ २०८३
बिहिवार, आश्विन १५ २०८३
  • बेपत्ता महिलाको शव भेटिएसँगै  बागलुङमा मृतकको संख्या १३ पुग्यो

    बागलुङ, १५ असोज - अविरल वर्षापछि बागलुङमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। असोज ११ गतेको पहिरोमा परी बेपत्ता तमानखोला गाउँपालिका-४ सन्तरकी ५३ वर्षीया पुनसरा विकको शव बुधबार फेला परेको हो।

    जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार पहिरो गएको चार दिनपछि उनको शव फेला परेको हो।

    असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा निसीखोला गाउँपालिकामा पाँच, तमानखोलामा पाँच र ताराखोलामा तीन जनाको मृत्यु भएको छ।

    तमानखोलामा मृत्यु हुनेमा बुद्धिराज घर्ती, भीमदेवी घर्ती, हस्तवीर श्रीपाली, उडिसरा श्रीपाली र पुनसरा विक छन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij