पूर्वसभापति देउवा पक्षको समानान्तर महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

पूर्वसभापति देउवा पक्षको समानान्तर महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

बिहिवार, आश्विन १५ २०८३
बिहिवार, आश्विन १५ २०८३
  • पूर्वसभापति देउवा पक्षको समानान्तर महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

    काठमाडौँ, १५ असोज । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु गर्दैछ। संस्थापन पक्षले महाधिवेशनको तयारी अघि बढाइरहेका बेला देउवा पक्षले छुट्टै कार्यतालिकासहित समानान्तर अधिवेशन प्रक्रिया अघि बढाएको हो।

    देउवा पक्षले आफ्नो महाधिवेशन मङ्सिर २१ देखि २३ गतेसम्म गर्ने कार्यतालिका बनाएको छ। त्यसअघि आज वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन र मङ्सिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ।

    देउवा पक्षका नेता किरणराज पौडेलका अनुसार वडा अधिवेशनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइएको छ भने ५६ जिल्लामा निर्वाचन संयोजकसमेत परिचालन गरिएको छ। सो समूहले आफ्नो अधिवेशनसम्बन्धी जानकारी निर्वाचन आयोगलाई समेत गराइसकेको जनाएको छ।

    कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै देउवा पक्षले अहिले महाधिवेशन गर्न नहुने धारणा राख्दै आएको थियो। संस्थापन पक्षले भने असोज ३ गतेदेखि महाधिवेशन प्रक्रिया अघि बढाएपछि देउवा पक्षले पनि छुट्टै कार्यतालिका बनाएर अधिवेशन प्रक्रिया सुरु गरेको हो।

    देउवा पक्षका महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले वडा तहदेखि नै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउनुपर्ने बताएका छन्। उनले नेता, कार्यकर्ता र क्रियाशील सदस्यलाई वडा अधिवेशनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।

    देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नै आधिकारिक मान्दै आएको छ। यही दाबीका कारण उक्त समूह संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij