काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा झरेको थियो ।
यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ३० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।