बाढी भोटेकोशीकोः १ हजार ४५४ शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

बाढी भोटेकोशीकोः १ हजार ४५४ शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • बाढी भोटेकोशीकोः १ हजार ४५४ शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

    भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये मंगलबारसम्म १ हजार ४५४ जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार फेला परेका शवमध्ये १ हजार ३३४ शवको व्यवस्थापन भइसकेको छ।

    प्रहरीका अनुसार रसुवामा २३६, नुवाकोटमा २४, धादिङमा ७२, चितवनमा ३६९, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासीमा २२२ जनाको शव फेला परेको छ।

    केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार शव पहिचानका लागि डिएनए नमूना सङ्कलनसहित आवश्यक प्रक्रिया अघि बढाइएको छ।

    बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ। प्रहरीका अनुसार अझै ४ हजार ७१८ जना बेपत्ता छन् र उनीहरूको खोजी जारी छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij