सुनको मूल्य लगातार दोस्रो दिन घट्यो, दुई दिनमै ८ हजार ८ सयले सस्तियो

सुनको मूल्य लगातार दोस्रो दिन घट्यो, दुई दिनमै ८ हजार ८ सयले सस्तियो

मंगलवार, आश्विन १३ २०८३
मंगलवार, आश्विन १३ २०८३
  • सुनको मूल्य लगातार दोस्रो दिन घट्यो, दुई दिनमै ८ हजार ८ सयले सस्तियो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    यसअघि सोमबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेर २ लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसअघि आइतबार सुनको मूल्य २ लाख ९९ हजार ३ सय रुपैयाँ थियो । यससँगै दुई दिनमा सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको छ ।

    सुनसँगै चाँदीको मूल्य पनि लगातार दोस्रो दिन घटेको छ । मंगलबार चाँदी प्रतितोला ११५ रुपैयाँले घटेर ४ हजार ३९५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य ४ हजार ५१० रुपैयाँ थियो भने सो दिन पनि प्रतितोला १४५ रुपैयाँले घटेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij