काठमाडौँ, १२ असोज । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। सुनको मूल्य प्रतितोला रु. ५ हजार र चाँदीको मूल्य रु. १४५ ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु. २ लाख ९४ हजार ३०० कायम भएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला रु. ४ हजार ५१० निर्धारण गरिएको छ।
यसअघि आइतबार छापावाल सुन प्रतितोला रु. २ लाख ९९ हजार ३०० र चाँदी रु. ४ हजार ६५५ मा कारोबार भएको थियो।
एकै दिन सुनको मूल्यमा प्रतितोला ५ हजार रुपैयाँको गिरावट आएपछि सुन बजारमा आजको मूल्य परिवर्तनलाई चासोका साथ हेरिएको छ।