सुनको मूल्य एकैदिन २४ सय रुपैयाँले बढ्यो, तोलामा कति ?

सुनको मूल्य एकैदिन २४ सय रुपैयाँले बढ्यो, तोलामा कति ?

शुक्रवार, चैत्र ३० २०८०
शुक्रवार, चैत्र ३० २०८०
  • सुनको मूल्य एकैदिन २४ सय रुपैयाँले बढ्यो, तोलामा कति ?

     

    काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम राखेको छ । शुक्रबार छापावाला सुनको मल्य प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यो मूल्य हालसम्मकै उच्च हो।

    विहीबार प्रतितोला १ लाख ३६ हजार ६ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । यसअघि सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ८ सयको उच्चतम रेकर्ड बनाएको थियो । शुक्रबार सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो।

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ३ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला  १ हजार ७ सय ५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij