पाँचौँपटक जिब्रो छेड्ने वीरेन्द्र श्रेष्ठलाई दुई लाखसहित सम्मान

पाँचौँपटक जिब्रो छेड्ने वीरेन्द्र श्रेष्ठलाई दुई लाखसहित सम्मान

सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • पाँचौँपटक जिब्रो छेड्ने वीरेन्द्र श्रेष्ठलाई दुई लाखसहित सम्मान

    भक्तपुर, १२ असोज — ऐतिहासिक जिब्रो छेड्ने परम्पराको संरक्षणमा योगदान दिएको भन्दै वीरेन्द्र कसजू श्रेष्ठलाई रु दुई लाख नगदसहित सम्मान गरिएको छ।

    श्रेष्ठले यस वर्ष पाँचौँपटक जिब्रो छेडेका थिए। थिमिमा आइतबार आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले उनलाई रु दुई लाख नगद र सम्मानपत्र प्रदान गरे।

    प्रदेश सरकारले ऐतिहासिक जिब्रो छेड्ने जात्रा संरक्षण र यस परम्परालाई निरन्तरता दिने व्यक्तिलाई प्रोत्साहन गर्न उक्त रकम प्रदान गरेको हो। कार्यक्रममा उद्योग, पर्यटन तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरे।

    मुख्यमन्त्री थापामगरले ऐतिहासिक कला, संस्कृति, मूर्त तथा अमूर्त सम्पदा, जात्रा र पर्वको संरक्षणमा प्रदेश सरकारले सहयोग र समन्वय गर्ने बताए। उनले यस्ता सम्पदालाई पर्यटनसँग जोडेर भक्तपुरलाई स्वास्थ्य, शिक्षा र पर्यटनको केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकारले बजेटको व्यवस्था गरेको पनि बताए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij