काठमाडौँ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मध्यराती पक्राउ परेका छन् । प्रहरीले उनलाई महाराजगन्जस्थित निवासबाट पक्राउ गरेको हो ।
उनी विरुद्ध काठमडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा गम्भीर प्रकृतिका उजुरी परेको जनाइएको छ । उजुरीको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन ।
२०७५ पुस १८ देखि प्रधानन्यायाधीशको कार्यभार सम्हालेका चोलेन्द्र २०७८ फागुन १ मा संसदमा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए । चोलेन्द्रका धेरै विवादित फैसलाहरू रहेको सुरक्षा श्रोतको भनाइ छ ।