भक्तपुरमा इन्द्रजात्रा सुरु, टोलटोलमा ठड्याइयो ‘यम्वो द्यो’

भक्तपुरमा इन्द्रजात्रा सुरु, टोलटोलमा ठड्याइयो ‘यम्वो द्यो’

बुधवार, आश्विन ७ २०८३
बुधवार, आश्विन ७ २०८३
  • भक्तपुरमा इन्द्रजात्रा सुरु, टोलटोलमा ठड्याइयो ‘यम्वो द्यो’

    भक्तपुर, ७ असोजः भक्तपुरमा परम्परागत इन्द्रजात्रा आजदेखि सुरु भएको छ। जात्राको सुरुवातसँगै भक्तपुरका विभिन्न टोलमा इन्द्रको प्रतीकका रूपमा सानो लिङ्गो ठड्याइएको छ। नेपाल भाषामा यसलाई ‘यम्वो द्यो’ भनिन्छ।

    इन्द्रजात्राको सुरुवातसँग जोडिएको किंवदन्तीअनुसार देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूल आवश्यक परेको थियो। आमाका लागि पारिजात फूल खोज्न इन्द्रपुत्र जयन्त पृथ्वीमा आएका थिए।

    पारिजात फूल टिपिरहेको अवस्थामा जयन्तलाई दैत्यहरूले पक्राउ गरेको र उनलाई छुटाउन देवता र दैत्यबीच युद्ध भएको कथन छ। युद्धमा देवताको जित भएपछि त्यसको खुसीयालीमा इन्द्रजात्रा मनाउन थालिएको संस्कृतिकर्मी सोमनाथ जोशीले बताए।

    जात्राको पहिलो दिन पूजाआजासहित इताछे, तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछेँ, सुजम्हरी, खौमा लगायतका टोलमा ‘यम्वो द्यो’ ठड्याइएको छ।

    भक्तपुरमा इन्द्रजात्रा आठ दिनसम्म विभिन्न परम्परा र सांस्कृतिक गतिविधिसहित मनाइन्छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij