आज कहाँ कहाँ हुँदैछ, भारी वर्षा ?

आज कहाँ कहाँ हुँदैछ, भारी वर्षा ?

बुधवार, आश्विन ७ २०८३
बुधवार, आश्विन ७ २०८३
  • आज कहाँ कहाँ हुँदैछ, भारी वर्षा ?

    काठमाडौँः देशका अधिकांश भूभागमा आज बदलीसँगै वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी र वाग्मती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।

    महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। बंगालको खाडीको पश्चिम-मध्य भूभाग आसपास रहेको न्यून चापीय क्षेत्र आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा रहेको छ।

    आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

    मधेस प्रदेश तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ।

    महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij