कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

बुधवार, आश्विन ७ २०८३
बुधवार, आश्विन ७ २०८३
  • कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

    काठमाडौँ, ७ असोजः नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन गर्दैछ। स्थानीय तहमा पार्टीको नयाँ सांगठनिक संरचना निर्माणका लागि पालिका अधिवेशन हुन लागेको हो।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केही छिटपुट स्थानबाहेक देशभरका वडामा नेतृत्व चयन प्रक्रिया उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। बाढीपहिरो प्रभावित नुवाकोट र धादिङका सबै वडामा पनि मंगलबार अधिवेशन सम्पन्न भएको छ।

    मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। बाढीपहिरोबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको रसुवामा भने विशेष परिस्थितिलाई ध्यानमा राख्दै केही दिनपछि मात्रै अधिवेशन गर्ने तयारी गरिएको छ।

    निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट प्रत्येक पालिकामा पाँच पदाधिकारी चयन हुनेछन्। सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ।

    कोषाध्यक्ष भने निर्वाचित कार्यसमितिका सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij