प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने (कार्यतालिका सहित)

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने (कार्यतालिका सहित)

मंगलवार, आश्विन ६ २०८३
मंगलवार, आश्विन ६ २०८३
  • प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने (कार्यतालिका सहित)

    काठमाडौँ, ६ असोजः प्रधानमन्त्री बालेन्द्र ‘बालेन’ शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।

    प्रधानमन्त्री शाह कतार एयरवेजमार्फत दोहा हुँदै अमेरिकाकोa न्यूयोर्क पुगेका हुन्। उनले असोज ८ गते ‘सेप्टेम्बर २४’ संयुक्त राष्ट्रसङ्घको महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ। ८१औँ महासभाको उच्चस्तरीय छलफल सेप्टेम्बर २२ देखि २८ सम्म न्यूयोर्कमा हुँदैछ।

    न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत छ।

    प्रधानमन्त्री शाहको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्यलगायत छन्। परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै अमेरिका पुगिसकेका छन् । 

    प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कने कार्यक्रम छ।

    प्रधानमन्त्री शाहको न्युयोर्क कार्यतालिका

    असोज ६

    • काठमाडौँबाट कतारको दोहा हुँदै न्युयोर्क प्रस्थान।
    • दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राईसहित दूतावासका अधिकारीले स्वागत गर्ने।
    • दोहाबाट न्युयोर्क प्रस्थान।
    • जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली अधिकारीले स्वागत गर्ने।
    • संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्ने।
    • परराष्ट्र सचिव, स्थायी प्रतिनिधि, अमेरिकाका लागि कार्यवाहक राजदूत र महावाणिज्यदूतबाट भ्रमणबारे जानकारी लिने।
    • नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने।

    असोज ८

    • संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता।
    • संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन।

    असोज ९

    • न्युयोर्कबाट दोहातर्फ प्रस्थान।
    • जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली अधिकारीबाट बिदाइ।

    असोज १०

    • दोहा हुँदै नेपाल फर्कने।
     
     
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij