सेयर बजारमा हरियाली, नेप्से ७ अंकले बढ्यो

सेयर बजारमा हरियाली, नेप्से ७ अंकले बढ्यो

मंगलवार, आश्विन ६ २०८३
मंगलवार, आश्विन ६ २०८३
  • सेयर बजारमा हरियाली, नेप्से ७ अंकले बढ्यो

    काठमाडौँ, ६ असोजः साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सामान्य बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.०६ अंकले बढेर २ हजार ६५४.२८ विन्दुमा पुगेको छ।

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.७१ अंकले बढेर ४७३.७९ विन्दुमा पुगेको छ। फ्लोट परिसूचक ०.५३ अंकले बढेर १८२.९९ तथा सेन्सेटिभ फ्लोट परिसूचक ०.६८ अंकले बढेर १६० विन्दुमा पुगेको छ।

    आज २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ७ अर्ब ५ करोड ३ लाख ९८ हजार ६२४ रुपैयाँ पुगेको छ।

    कारोबारमा १३ उपसमूहमध्ये सात उपसमूह बढेका छन् भने छ उपसमूह घटेका छन्। कुल २७९ कम्पनीको सेयर कारोबार भएकामा १३८ कम्पनीको मूल्य बढेको छ। १३० कम्पनीको सेयर मूल्य घट्दा ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

    आज मिड सोलु हाइड्रोपावर, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र मैलुङ खोला जलविद्युत्लगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन्। स्नो रिभर्स, नारायणी डेभलपमेन्ट बैंक र बोटलर्स नेपाल (बालाजु) लगायतका कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij