प्रधानमन्त्री शाहको अनुपस्थितिमा वाग्लेले सम्हाल्नेछन् सरकार

प्रधानमन्त्री शाहको अनुपस्थितिमा वाग्लेले सम्हाल्नेछन् सरकार

मंगलवार, आश्विन ६ २०८३
मंगलवार, आश्विन ६ २०८३
  • प्रधानमन्त्री शाहको अनुपस्थितिमा वाग्लेले सम्हाल्नेछन् सरकार

    काठमाडौँ, ६ असोजः प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्हाल्ने भएका छन्।

    प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्।

    प्रधानमन्त्री शाह आज साँझ ७ बजे संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन्।

    शाहले असोज ८ गते महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ। उनी असोज १० गते स्वदेश फर्कने तालिका छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij