नेप्से २१ दशमलव १९ अङ्कले घटेर दुई हजार ६१२ दशमलव ४२ विन्दुमा

नेप्से २१ दशमलव १९ अङ्कले घटेर दुई हजार ६१२ दशमलव ४२ विन्दुमा

बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • नेप्से २१ दशमलव १९ अङ्कले घटेर दुई हजार ६१२ दशमलव ४२ विन्दुमा

    काठमाडौँ, ३१ भदौः सातै उपसमूहमा बिक्री चाप देखिएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ। नेप्से २१ दशमलव १९ अङ्कले घटेर दुई हजार ६१२ दशमलव ४२ विन्दुमा झरेको छ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ७७ अङ्कले घटेर ४६३ दशमलव ६८ विन्दुमा पुगेको छ। फ्लोट परिसूचक एक दशमलव ५० अङ्कले घटेर १७९ दशमलव ६३ तथा सेन्सेटिभ फ्लोट परिसूचक एक दशमलव ३२ अङ्कले घटेर १५६ दशमलव ५८ विन्दुमा कायम भएको छ।

    आज एक करोड ५१ लाख एक हजार ५५५ कित्ता शेयर पाँच अर्ब ३८ करोड ९५ लाख ७४ हजार ६४८ रुपैयाँमा खरिदबिक्री भएका छन्।

    कारोबार भएका सबै उपसमूहको सूचक घटेको छ। बजारमा ४२ कम्पनीको शेयर मूल्य बढ्दा २२५ कम्पनीको घटेको छ भने १२ कम्पनीको शेयर मूल्य स्थिर रह्यो।

    आज नारायणी डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टलगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन्। एनएमबी हाइब्रिड फण्ड, रिग्वे लाइन इनर्जी र नेपाल वायरहाउस कम्पनीलगायतका लगानीकर्ताले भने गुमाएका छन्।

     
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij