सुनको भाउ फेरि बढ्यो, कति पुग्यो ?

सुनको भाउ फेरि बढ्यो, कति पुग्यो ?

बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • सुनको भाउ फेरि बढ्यो,  कति पुग्यो ?

    काठमाडौँ, ३१ भदौः स्थानीय बजारमा सुनचाँदीको मूल्य आज बढेको छ। सुन प्रतितोला १ हजार ७०० रुपैयाँ र चाँदी ८५ रुपैयाँले महँगिएको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ८०० रुपैयाँ पुगेको छ। चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ६८५ रुपैयाँ कायम भएको छ।

    मङ्गलबार छापावाल सुन प्रतितोला ३ लाख १०० रुपैयाँ र चाँदी ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

    यसअनुसार एकै दिन सुनको मूल्य १ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य ८५ रुपैयाँले वृद्धि भएको हो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij