दैनिक नयाँ रेकर्ड बनाउँदै सुनकाे मुल्य, तोलामा कति पुग्यो ?

दैनिक नयाँ रेकर्ड बनाउँदै सुनकाे मुल्य, तोलामा कति पुग्यो ?

बुधवार, चैत्र २८ २०८०
बुधवार, चैत्र २८ २०८०
  • दैनिक नयाँ रेकर्ड बनाउँदै सुनकाे मुल्य, तोलामा कति पुग्यो ?

    काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यो मूल्य हालसम्मकै उच्च हो।

    मंगलबार प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । यसअघि सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ३ सयको उच्चतम रेकर्ड बनाएको थियो । बुधबार सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो।

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार १ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij