पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
    काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उहाँलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
           
    पत्रकार श्रेष्ठका तर्फबाट उनकी श्रीमती सरस्वती श्रेष्ठले बिहीबार थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए। रिटमा बिनाआधार पक्राउ गरिएको भन्दै उनलाई थुनामुक्त गर्न माग गरिएको छ । बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको थियोे । काठमाडौँ जिल्ला अदालतले बिहीबार उनलाई प्रहरी हिरासतमा राख्न तीन दिनको अनुमति दिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij