सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु चार हजार ६०० र चाँदी तोलामा रु ९० ले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल एक तोला सुनको मूल्य रु तीन लाख एक हजार ६०० कायम भएको छ । हिजो एक तोला सुन रु तीन लाख छ हजार २०० मा कारोबार भएको थियो ।

    यसैगरी, चाँदीको मूल्य रु चार हजार ६६० कायम भएको छ । हिजो एक तोला चाँदी रु चार हजार सात सय ५० मा कारोबार भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij