आयल निगमको कार्यकारी निर्देशकका लागि १४ जनाले दिए निवेदन, नाम सहित

आयल निगमको कार्यकारी निर्देशकका लागि १४ जनाले दिए निवेदन, नाम सहित

सोमवार, माघ १ २०८०
सोमवार, माघ १ २०८०
  • आयल निगमको कार्यकारी निर्देशकका लागि १४ जनाले दिए निवेदन, नाम सहित

    काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि १४ जनाले निवेदन दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पुस सात गते सूचना जारी गर्दै दरखास्त माग गरेको थियो । आइतबारसम्मको म्यादमा विभिन्न क्षेत्रमा काम गरेका १४ जनाले निवेदन दिएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार मोरङका तीन जना पङ्कजकुमार दास, माधव रेग्मी र आमोदप्रसाद चौधरी, टोखा–६, काठमाडौँका दिलीप शेखर श्रेष्ठ, भीमसेन थापा गाउँपालिका–१ गोरखाका चण्डिकाप्रसाद भट्टले निवेदन दिएका छन् । त्यस्तै लक्ष्मीपुर–आठ, दाङका वसन्तकुमार पाण्डे, बागलुङ नगरपालिका–९ का डोलिन्द्रप्रसाद शर्मा र ललितपुर महानगरपालिका–२४ का शत्रुध्नप्रसाद पुडासैनी, लोहारपट्टि नगरपालिका–३ महोत्तरीका कमलेन्द्रलाल कर्ण, बुढानीलकण्ठ नगरपालिका–८, काठमाडौँका उत्तरकुमार रेग्मीले ले निवेदन दिएका छन् ।

    त्यसैगरी दिवेदन दिने अन्यमा भरतपुर महानगरपालिका–१४, चितवनका डा. डोलप्रसाद चापागाईँ, टोखा नगरपालिका–आठ, काठमाडौँका सहदेव चन्द, धनुषाधाम–२ का रामदेव यादव र राजविराज–१३, सप्तरीका सञ्जीवकुमार श्रेष्ठ रहेका छन् । आयल निगममा ०७५ यता खुला प्रतिस्थपर्धाबाट कार्यकारी निर्देशक छनोट थालिएको छ।

    मन्त्रालयको वाणिज्य तथा आपूर्ति सचिवको नेतृत्वमा छनोट समिति गठन भएको छ । सो समितिले निवेदन दिएका उम्मेदवारलाई अन्तर्वार्ता र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणपछि अन्तिम तीन जनाको नाम मन्त्रिपरिषदमा पेस गर्ने र तिनै तीनजनामध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकको पदमा नियुक्त गर्ने प्रावधान छ ।

    नेपाल आयल निगमका कार्यकारी निर्देशक ई. उमेश थानीले १५ महिना कार्यकाल छंदै राजीनामा दिएपछि रिक्त पदका लागि मन्त्रालयले दरखास्त आव्हान गरेको थियो । करिव ५० अर्व रुपैयाँ घाटामा रहेको निगमलाई कार्यकारी निर्देशक थानीले २१ महिनामै नोक्सानी शुन्यमा पु¥याएर व्यक्तिगत कारण देखाई राजीनामा दिएका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij