भक्तपुर । जिल्लाव्यापी १२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी भक्तपुर नगरपालिकाले उचालेको छ । जिल्ला खेलकुद बिकास समिति भक्तपुरले २७ गतेबाट सुरु गरेको तीनदिने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा साविक बिजेता भक्तपुर नगरपालिकाले यसवर्ष पनि रनिङ्ग शिल्ड कव्जा गरेको हो । भक्तपुर नगरपालिकाले ३२ स्वर्ण पदक जित्दै उपाधि जितेको हो ।
मध्यपुरथिमि नगरपालिकाले १९ स्वर्ण पदक प्राप्त गर्दै दोश्रो स्थान हांसिल गरेको छ । त्यसैगरी नौ स्वर्ण पदक प्राप्त गर्दै सूर्यविनायक नगरपालिका तेश्रो र ७ वटा स्वर्ण पदकका साथ चाँगुनारायण नगरपालिकाले सान्त्वना स्थान हात पारेको छ । प्रतियोगिता अन्तर्गत भलिबल खेलमा छात्रतर्फ जनप्रेमी वल्र्ड स्कुल प्रथम, गणेश माध्यमिक विद्यालय दोश्रो र अरनिको माध्यमिक विद्यालयले तेश्रो स्थान हात पारेका छन् ।
त्यसैगरी छात्रातर्फको भलिबलमा सैनिक आवासीय माध्यमिक विद्यालय प्रथम, ओम माध्यमिक विद्यालय दोश्रो र आदर्श माध्यमिक विद्यालय सानोठिमीले तेश्रो स्थान हात पारे । जिल्ला खेलकुद बिकास समितिको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत कूल ६ वटा खेलमा सात सय ५२ जना खेलाडीको सहभागिता रहेको थियो । समितिका अध्यक्ष दिपक थापका अनुसार, प्रतियोगितामा भलिबल, कबड्डी, उसु, कराते, तेक्वाण्डो र एथलेस्टिक्स खेल समावेस गरिएका थिए ।
नेकपा एमालेका पोलिव्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले विजेता तथा उपविजेता, प्रथम, द्धितिय तथा तृतिय र उत्कृष्ट खेलाडीलाई रनिङ्ग शिल्ड, शिल्ड, प्रमाणपत्र तथा मेडल प्रदान गरेका थिए । कार्यक्रममा नेता बस्नेतले खेलाडीलाई प्रोत्साहन दिदै राष्ट्रिय तथा अन्तरांष्ट्रिय खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिता अत्यन्तै महत्वपूर्ण हुने बताए । कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर थापा, नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष गौतमप्रसाद लासिवा, जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण रायले प्रतियोगिताको महत्वबारे प्रकाश पारेका थिए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति दीपक थापाले विगत दुई वर्षदेखि भक्तपुरको खेलकुदको बिकासमा सक्रिय रहेको बताउदै भक्तपुरमा आफ्नै भवन निर्माण, खेल मैदान निर्माण, कबर्ड हलको निर्माणदेखि स्कुल स्कुलमा खेलकुदका गतीविधि बिस्तारमा लागेको बताए ।