कीर्तिपुरमा निजी कारमा आगलागी, चालक मृत फेला

कीर्तिपुरमा निजी कारमा आगलागी, चालक मृत फेला

मंगलवार, श्रावण ५ २०८३
मंगलवार, श्रावण ५ २०८३
  • कीर्तिपुरमा निजी कारमा आगलागी, चालक मृत फेला

    काठमाडौं ।कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा एक निजी कारमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ।

    मंगलबार बिहान ट्याङ्लाफाँटको चाँदनीचोक नजिकै बा ५ च ३०३८ नम्बरको कारमा आगलागी भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एसपी नरेशराज सुवेदीले कारमा एक्कासि आगो लागेपछि चालक बाहिर निस्कन नपाएकाले गाडीभित्रै मृत फेला परेको बताए ।

    उनलाई सिट बेल्ट बाँधेको अवस्थामै जलेको र मृत अवस्थामा फेला पारिएको सुवेदीले जानकारी दिए। मृतकको सनाखत हुन बाँकी छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij